वि.सं:
नेपाल संवत: ११४५ तछलागा पञ्चमी - २०
स्वदेशभित्र र विदेशमा समेत हुलाक वस्तुको आदान प्रदान गराउने मुख्य र जिम्मेवार निकायको रुपमा हुलाक सेवा विभाग रहेको छ। मुलुकभर हुलाक सेवाको सञ्चालन र व्यवस्थापन गर्ने केन्द्रीय निकायको रुपमा रहेको यस विभागको दीर्घकालीन सोच, गन्तव्य र मूल उद्देश्य यस प्रकार रहेको छ। १. दीर्घकालीन सोच स्वायत्त, प्रतिस्पर्धी र व्यावसायिक हुलाक सेवा। २. गन्व्य उपयुक्त संस्थागत, संरचनागत र कानूनी व्यवस्थाका माध्यमबाट जनचाहना अनुरुपको हुलाक सेवा सुनिश्चित गर्ने। ३. मूल उद्देश्य समतामूलक ढंगबाट आधारभूत र व्यावसायिक हुलाक प्रणालीको सञ्चालन र व्यवस्थापन गर्ने।